Loading...

अमेरीकामा गाडी दुर्घटनामा परी एकै परिवारका तीन सहित चार नेपालीको मृत्यु

काठमाण्डौ कार्तिक २२ । अमेरीकामा रहेका चार जना नेपालीको सडक दुर्घटनामा परी मृत्यु भएको छ । जर्जियाको एटलान्टा स्थित जेफर्सनमा नेपालीहरु चढेको कार १८ पाग्रे ठूलो मालबाहक गाडीसगँ ठोक्किएर गत शुक्रबार दुर्घटना भएको हो ।

मृत्यु हुनेमा काठमाण्डौं अनामनगर बस्ने चिरञ्जीवी खनाल उनकी श्रीमति श्यामा खनाल बुहारी रिचा खनाल र प्रतिमा सुवेदीको मृत्यु भएको खबर छ  । कारमा ६ जना सवार रहेका मध्य समीर र सुवास खनाल बाच्न सफल भएका छन् । प्रतिमा सुवासको प्रेमिका भएको बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...