Loading...

इमेल प्रकरणमा हिलारी क्लिन्टनलाई क्लिनचिट

एजेन्सी २२ कार्तिक ।  

अमेरिकी संघीय जाँच ब्यूरो एफबीआईले राष्ट्रपति पदका डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टनलाई इमेल प्रकरणमा क्लीनचीट दिएको छ ।

राष्ट्रपति निर्वाचनको दुई दिन पहिले क्लिन्टनको ईमेलमा आपराधिक विषय नरहेको भन्दै एफबीआईले सफाई दिएको अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएका छन् ।

क्लिन्टनले प्रयोग गरेका ईमेलमा कुनै आपराधिक कुराको प्रमाण नमिलेको एफबीआईले प्रष्ट पारेको छ ।

अमेरिकी कांग्रेसलाई एक पत्र लेख्दै एफबीआईका निर्देशक जेम्स कूमीले ब्यूरोले आफ्नो काम सम्पन्न गरेको र ईमेलमा त्यस्तो कुनै आपराधिक कुरा नभेटिएको जानकारी दिनुभएको छ ।

यसै वर्षको जुलाईमा पनि ईमेल जाँचको प्रतिवेदन दिँदै एफबीआईले हिलारीले लापरवाही गरेको भएपनि अपराध भने नगरेको जनाएको थियो ।

अमेरिकामा भोलि नोभेम्बर ८ को विहानैदेखि नयाँ राष्ट्रपति पदका लागि निर्वाचन हुदैछ । शक्तिराष्ट्र अमेरिकाको भावी राष्ट्रपतिका लागि चार जना मैदानमा भएपनि दुई नेता क्लिन्टन र ट्रम्पको मात्र चर्चा देखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...