Loading...

उदाउँदो सूर्यलाइ अर्घ दिएसँगै छठ पर्व सम्पन्न

काठमाडौं, कात्तिक २२ ।

मिथिला क्षेत्रमा विषेश श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्व अाज सिकएकाे छ ।  उदाउँदो सूर्यको पूजा गर्दै छठ पर्वको समापन गरिँएकाे हाे ।

राजधानी काठमाडौंसहित तराइका विभिन्न जिल्लामा भक्तजनहरु रातभर नदी, तलाउ र पोखरीका किनारमा रातभर जाग्राम बसेका व्रतालुले उदाउँदो सूर्यदेवको पूजा गरि छठ समापन गिरएकाे छ ।

छठको तेस्रो तथा मूख्य दिन हिजो अस्ताउँदै गरेको सूर्य तथा षष्ठी मातालाई अर्घ दिइएका िथए । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने यस पर्वमा सूर्यदेवको आराधना, उपासना र पूजा गरिन्छ ।

पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपासना गरी यो पर्व मनाउने गरिन्छ ।

आदिकालमा सती अनुसूयाले रोगग्रस्त पतिलाई निको बनाउन भगवान सूर्य र षष्ठी देवीको पूजा आराधना गरेको प्रसंग यस पर्वसँग जोडिएको छ ।

त्यसैगरी महाभारतकालमा द्रौपदीसहित पाण्डवहरुले अज्ञात वासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवको आराधना गरेको र सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको कथन छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...