Loading...

किन नेपालीहरु भारतलाई राम्रो आँखाले हेर्दैनन ?

प्रज्वल श्रेष्ठ

सामरिक एवं सांस्कृतिक दृष्टिले पनि नेपाल भारतको सबै भन्दा प्रभावशाली छिमेकी राष्ट्र हो । जस्तो कि भारतीय राष्ट्रपति प्रणव मुखर्जीले तीन दिने नेपालको राजकीय भ्रमण ( कार्तिक १७ देखि १९ ) का क्रममा भनेका थिए कि नेपाल र भारतको जस्तो सम्बन्ध भएको मुलुक विस्वमा काही पनि छैन । यसको दुवै अर्थ छ , दुवै खाले प्रभावहरु छन् र विष्लेषणका आधारहरु छन् ।
नेपाल र भारतको सम्बन्ध आत्मासगँ जोड्न पनि नसकिने र छुट्याउन नसकिने खालको पनि छ । अधिंकाश नेपालीहरु भारतको राजनीतिक सत्ताको नेपालमाथिको हस्तक्षेपकारी गतिविधिको विपक्षमा छन् , तर सरकार कहिले पनि भारत प्रतिकुल बन्न सक्दैन ।   भर्खरै भएको भारतीय राष्ट्रपति प्रणव मुखर्जिको भ्रमणका क्रममा जनताकाहरुको प्रतिकृया सकारात्मक देखिएन ।
देश विदेशमा रहेका नेपालीहरुले सारा युरोप अमेरीकामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका अवसरमा डटेर विरोध गरका थिए नाकाबन्दीको सवालमा । अहिले मुखर्जीको भ्रमणको सन्दर्भमा जनजीवनमा परेको प्रभाव, सरकारले सार्वजनिकल विदा दिएको सवालले एउटा सार्वभौम राष्ट्रियता प्रतिकुल निर्णयको रुपमा जनताले ठूलो मात्रामा प्रतिकृया जनाए । मुखर्जिको भ्रमण सम्म आउदा पनि नेपाली जनता भारतप्रति सकारात्मक दृष्टिकोण राख्न सकेको देखिएनन् । आखिर किन यस्तो भएको होला ? यसका कारणहरु को गहिराई के छ ? एक महत्वपूर्ण प्रश्न छ । जस मध्य हामीले केही सन्दर्भहरु उठाउने प्रयास गरेका छौं ।
  नांगो हस्तक्षेप
ईष्ट ईन्डिया कम्पनीको शासनबाट मुक्त भए पछि भारतले सन् १९५० मा नेपालको सम्पूर्ण हिमालय भूखण्डलाई भारतको सिमाना बनाउनु पर्ने प्रस्ताव राखे पनि त्यो बेला सफल हुन सकेन भारतको आन्तरीक कारण र बाह्य परिस्थितिका कारण । उनीहरुले सोही बेलामा नेपाल, सिक्किम,र भुटानलाई कब्जा गर्ने रणनीति बनाएका थिए । तर सरदार वल्लभ भाई पटेलको मृत्यु १५ डिसेम्बर १९५० मा भए पछि विशाल भूखण्डको कुरा अलि सेलाएको मात्र थियो । १९७५ मा गएर ईन्दीरा गान्धीले सिक्किम बिलय गराईन् ।
त्यस पछि क्रमिक रुपले नेपाल, र भुटानमा उसले आफ्ना नीतिमरु लाद्दै गयो । २००७ सालमा राणा विरोधी आन्दोलन चलिरहेका बेला  राजा त्रिभुवनले भारतीय दुतावासमा शरण लिन पुगे । कार्तिक २१ गतेको त्यो घटनालाई प्रजातन्त्रवादी भनाउदाहरुले आन्दोलनसगँ जाडे पनि यो यो देश र राष्ट्रियताको प्रमुख समस्याको शुरुवातको प्रतीकका रुपमा स्थापित भयो । यो प्रकरणपछि नै भारतले खुलेआम नेपालको आन्तरीक राजनीतिमा हस्तक्षेपको मौका पायो । लेखक लियो रोजले भनेका छन् २००७ सालको संघर्षको निर्णायक लडाई दिल्लीका हलहरुमा लडिएको थियो न कि हिलहरु ( पहाड ) मा ।
त्यसबेला देखि नै   भारत नेपालको आन्दोलनहरुको साक्षी मात्र होईन सहयात्री जस्तो बनाईयो । त्यसैको परिणाम स्वरुप सोही वर्ष भारतीय राजदुत चन्द्रेश्वर प्रसाद सिंहको सिफारीसमा भद्रकाली मिश्रलाई मन्त्री बनाईयो सामान्य लाग्ने यो घटना राष्ट्रियताको लागि घातक संकेत थियो । नेपालको आन्तरीक बैठकहरुमा भारतीय दुतहरु साक्षी बस्दथे ।
प्रकारान्तरले २०४६ सालको जनआन्दोलनमा पनि नेपालका दलहरुले भारतलाई औपचारीक निम्तो दिए हस्तक्षेपका लागि । भारतीय नेता चन्द्र शेखरले नेपालमा आएर राजतन्त्र विरुद्ध भाषण दिए । नाकाबन्दी गर्यो । आन्दोलनकारी दलहरु समर्थनमा रहे । तर जब ४६ सालमा आन्दोलन सकियो र प्रजातान्त्रिक सरकार बन्यो त्यस पछि के भयो ? त्यस पछि नेपालका धेरै नदी नालाहरु भारतलाई सुम्पने काम भयो । कोशी गण्डकी, महाकाली सबै त्यस पछिका प्रजातान्त्रिक सरकारहरुले दिए र भारतको सहयोगमा सत्ता लम्व्याउने प्रयास गरे तर आज सम्म सफल कोही भएका छैनन् ।
त्यस पछि ५२ लामा थालिएको जनयुद्धको अवतरणमा पनि भारतको सक्रिय भूमिका देखियो । दिल्लीमा गएर १२ बुदे समझदारी हुनुको अर्थ त्यही थियो । जसको परिणाम आज नेपालको संविधान भारतले स्वीकार गरेको छैन । मधेशशमा आन्दोलन चर्काउदा समर्थन पुगोस भनेर नाकाबन्दी गर्यो  । तर संविधान ससोधनको ठोस प्रारुप भारतले भने अनुसार नहुदा अझै पनि उसले चित्त बुझाएको छैन ।
काग्रेस माओवाद गठबन्धन र प्रचण्ड सरकारको निर्माण सविधान ससोधन गरी अगींकृत नागरीकलाई पनि राष्ट्रप्रमुख बनाउन पाउनु पर्ने, दुई नम्बर प्रदेशलाई केही आयातन बढाउनु पर्ने जुन कुरामा अडान राखिएको छ यो नेपालका मधेशवादी दलहरुको मुख्य आन्दोलनको एजेण्डा भए पनि कुटनीतिक या खुलेआम हस्तक्षेपको रुपमा भारतले दवावमा पारीरहेको छ ।
     नेपाली नेताहरु किन डराउछन ?
एक जना विष्लेषकले ख्याल ठट्टामै भनेका थिए नेपालका नेताहरु दारु र भारुमा विके । यसलाई वास्तविक अर्थमा प्रयोग गर्न खोजिएको त हैन । तर सविधान र सरकारका सवालमा देखिएको गोप्य वार्ताहरु , चाकडीका लागि देखिएका अनेकौं प्रयासहरु हेर्दा उनीहरुमा केही त्रास छ । त्यसैले त यहा जनता र नेताबीच भिन्नता छ । उनीहरुले आन्दोलनमा सहयोग माग्ने देखि सरकारमा पुर्याउन सहयोग लिईरहेको पटक पटकका घटनाक्रमले स्पष्ट हुन्छ । तर जनता अभूतपूर्व छन् नेपालका । कुनै पनि तवरमा भारतीय हस्तक्षेप स्वीकार गरेका छैनन् । उनीहरु निरन्तर भारतको हेपाहा प्रवृतिको विरोधमा व्यक्त भईरहेका छन् । मुखर्जीको भ्रमणका बेला सार्वजनिक विदा दिएर राष्ट्रिय बेईजती देखाएको यो सरकार पनि भारतको कुनै न कुनै खालको समर्थन र सहयोगमा सविधान कार्यन्वयन गरेर देखाउन चाहन्छ तर तब सम्म या हुने वाला छैन जब सम्म भारतीय ऐजेण्डाहरुले संविधानमा प्रवेश पाउने छैन । त्यसैले नेताहरुले ईतिहासबाट पाठ सिक्नु पर्छ या त ईतिहासले दिने सजाय भोग्न तयार रहनु पर्दछ ।

सैन्य तथा आर्थिक चासो

सिंगो हिमालय क्षेत्रलाई सिमाना मान्ने पटेलको सपना पूरा त भएन तर नेपाललाई आफ्नै सुरक्षा छातामा राख्न भारत चाहन्छ । कालापानी स्थित नेपाली भूमिमा अझै भारतीय सैनिक अखडा किन राखिएको छ ? बीरगञ्ज देखि विराटनगर सम्म भारतीय सैन्य सम्बद्ध कार्यलयहरु किन राखिएका छन् ?
यसले संकेत गर्दछ कि नेपालको सुरक्षा प्रवन्ध स्वतन्ध नहोस् भन्ने भारतको चाहना पूरानो हो । सन् १९६५ को गोप्य सन्धी अनुसार नेपालले हतियार भारतबाहेक अरु मुलुकबाट ल्याउन नपाउने ल्याए पनि अनुमति लिनु पर्ने भन्ने समझदारीले के संकेत गर्यो ?
आर्थिक रुपमा पनि नेपालले भारतको पूरै नियन्त्रणमा रहनु परेको छ । पञ्चेश्वर अपर कर्णाली जस्ता ठूला र दीर्घकालीक परियोजनाहरु ओगटेको भारतले अहिले सम्म नेपालको हितमा हुने कामलाई अवरुद्ध गर्ने तर आफ्नो हितमा हुने काम जस्तो शारदा बाध, दशगजाका सिचाई आयोजनाहरु तुरुन्तका तुरुन्त सम्पन्न गर्दै आएको छ ।
भारतसगँ नेपालको व्यापार कुल वैदेशिक व्यापारको ६० प्रतिशत भन्दा बढी हिस्सा छ तर उसै सगै सबै भन्दा धेरै घाटा छ  भने पछि नेपालको अर्थतन्त्र कसरी उभो लाग्छ ? अनि नेपालीहरु आफ्नो बारी झाडी बनाएर खाडीमा नगए कहा जाने ?  उसले पेट्रोलीयम पदार्थ चीनबाट ल्याउन रोक्न गरेको प्रयास मात्र हेर्ने हो भने पनि र भित्री रुपमा चीनसगँको पारवहन सन्धिको विरोध गर्नुको आशय के थियो ?  यसैले समग्रमा भारत नेपालमा सैनिक तथा आर्थिक चासोहरुलाई पनि निरन्तर आफ्नो  अनुकुलतामा राख्न चाहन्छ ।
यही समष्टीगत कारणहरु छन् जसले गर्दा समग्र नेपाली दृष्टिकोण छिमेकी मुलुक भारतप्रति सकारात्मक हुन सकेको छै्रन । नेपाली मात्र हैन पाकिस्तानी, श्रीलकाली सहित धेरै छिमेकी र मित्र देशका जनताहरु भारतको कुदृष्टिको विरुद्धमा छन् र भारतले कहिले सम्म शैन्य तागतको आधारमा हेपिरहने काम गर्छ नेपाल सहितका छिमेकीलाई ? र कहिले सम्म जनताले सहन्छन् यो यति नै समय भनेर एकीन गर्न गाह्रो छ । तर समय यही रुपमा रहदैन यसले भिन्दै किसिमको अभ्यास गर्ने प्रष्ट देखिन्छ । नेतालाई भारत नभई नहुने जनतालाई भारत नचाहिने अवस्था कहिले सम्म ?

यसमा तपाइको प्रतिक्रिया

Loading...