Loading...

डा.रुइतलाइ गेम चेन्जर अवार्ड प्राप्त

कार्तिक २१, काठमाडौँ  ।  नेपालका चर्चित आँखा रोग बिशेसज्ञ डा. सन्दुक रुइत लाइ एसिया सोसाइटीले प्रदान गर्दै आएको ‘एसियन गेमचेन्जर अवार्ड’  प्रदान गरिएको छ । यो पुरस्कार पाउने रुइत पहिलो नेपाली नागरिक पनि हुन् ।  अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघ भवनमा आयोजित विशेष कार्यक्रममा अवार्ड हस्तान्तरण गरिएको हो ।

एसियाको राजनीति, व्यवसाय, शिक्षा, कला र संस्कृतिको क्षेत्रमा समाजलाई उत्प्रेरणा दिने र सकारात्मक दिशा देखाउन मद्दत गर्नेलाई यो पुरस्कार दिइन्छ । यस वर्ष डा. रुइतसँगै प्रसिद्ध चिनियाँ फिल्म निर्देशक एवं बेइजिङ ओलम्पिक उद्घाटनका निर्देशक च्याङ यिमु तथा विश्वप्रसिद्ध आर्किटेक्ट आई.एम. पाईले पनि यो पुरस्कार पाएका छन् । पुरस्कार बेलायती राजकुमारी वेट्रिस तथा चाल्र्स रकफेलरले हस्तान्तरण गरेका थिए ।

तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक डा. रुइतलाई कम लागतमा उच्च गुणस्तरीय मोतिविन्दु शल्यक्रिया प्रविधिलाई विश्वभर पुर्‍याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै अवार्ड दिइएको हो । डा. रुइतले यसअघि रामोन म्यागासेसे लगायतका पुरस्कार पाइसकेका छन् ।

यसमा तपाइको प्रतिक्रिया

Loading...