Loading...

कावासोतिका अधिकांश बालबालिका बिद्यालय नगई खोलामा माछा मार्न व्यस्त

लक्ष्मि भुसाल /तिर्थ राज काफ्ले

 कावासोति,कार्तिक २१।

कावासोति नगरपालिका १५ सेरगञ्जका अधिकांश बालबालिका विदालयम नगई खोलामा माछा मार्नमा व्यस्थ देखिएका छन । नवलपरासिको पिछडिएको ठाउको रुपमा पनि यस बस्ति परिचत रहेको छ । करिब ६० ७० घर धुरि रहेको यस बस्तिमा अधिकांश व्यतिहरु शिक्षा बाट बन्चित हुन बाध्य भएका छन ।

नवलपरासिका अधिकाश बस्तिमा विभिन्न संघ संस्थाले विकसित गर्न सहयोग पुगेता पनि यस बस्तिम भने कसैको नजर पुग्न सकेको छैन ।परम्परा देखिनै यहाका मानिसहरु खोलामा गई माछा मारि आफनो जिविको पार्जन गदै आएको स्थानियले बताएका छन ।

२१ औ सताब्दिमा आएर पनि यस बस्तिका मानिसहरु शिक्षा बाट बञ्चित हुनु भनेको सामान्य कुरा भने होइन बालबालिकाको पहिलो पाठशाला भनेको नै आफनो परिवार हो त्यसैले परिवारले जे सिकायो त्यहि काम गर्न बाध्य हुन्छन यसैक्रममा परिवारले माछा मार्दै गर्दा अधिकांश बालबालिका माछा मार्नमा नै आकर्षित हुदै गएका हुन ।

परिवार शिक्षित भए समाज ,समाज शिक्षित भए देश नै शिक्षित हुने कुरा सबैमा अवगत नै छ । त्यसैले यस बस्तिमा पनि परिवार शिक्षित नभएकाले समाज शिक्षित हुन नसकेको स्थानियको गुनासो छ । यसै क्रममा गोडारमा रहेको चण्डेश्वरि माविमा करिब ७०० जना विध्यर्थि अध्यनरत रहेका छन ।

यसै क्रममा कक्षा ५ मा करिब १० जना मात्रै माझिमुसहरका बालबालिका अध्यनरत रहेको भएता पनि आधा जसो नै बालबालिका पढन नआएको चण्डेश्वरि माविका प्रधानाध्याप लक्ष्मि न्योपानेले बताउनुभएको छ । यसै बिचमा त्यहाका अधिंश मानिसहरु बिहानै माछा मार्न जाने भएकाले बालबच्चाको हेरबिचार नभएको पाइएको छ ।

एका तिर अबस्था गुजारर्नको लागि माछा मार्नु बाध्यता छ भने अर्को तिर चेतनाको कमिले गर्दा पनि यस्तो अबस्था सिर्जना भएको न्यौपानेले बताउनुभयो ।

त्यसै गरि यस गाउमा शिक्षाको मात्रै समस्या नभई बालबालिकाको बाल बिबहा अधिकांश रुपमा भएको भेटिएको पाइएको छ । अशिक्षाको कारणले गर्दा पनि बालबिबहा बढेको गाउका अगुवा सन्त बहादुर माझिले बताउनुभयो त्यस्तै गरि बाल विबहालाई रोक्नको लागि सबै एक जुट भएर लाग्नुपर्ने माझिले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...