Loading...

उपत्यका सहित देशभर चिसो बढ्यो ,तराईमा कुहिरो लाग्ने

काठमाडौं , कार्तिक २१ ।
काठमाडौँ उपत्यका सहित देशभर चिसो बढेको छ । वायुमण्डलको प्रभावले अघिल्लो वर्षको तुलनामा यसवर्ष बढी चिसो बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । धुलोका कारण वायुमण्डल प्रदूषित भएकाले चिसो बढेको मौसमविद् मीनकुमार अर्यालले बताउनु भयो ।

आज काठमाडौँको न्यूनतम तापक्रम९.४ डिग्री सेल्सियस रहेको छ । हिजो शनिबार ८.४ पुगेकोमा आज बढेर ९.४ डिग्री सेल्सियस रहेको छ ।

‘सिजनल इफेक्ट’ ले न्यूनतम तापक्रममा तलमाथि भइरहेको भन्दै उहाले तापक्रम घटेपछि उपत्यकामा बढी चिसोको महसुस गरिएको बताउनु भयो ।
उपत्यकामा दिउँसोपख घाम लागे पनि बिहान र बेलुकी बढी चिसो हुने गरेको छ ।

मौसमविद्का अनुसार अबको केही समयमै तराई क्षेत्रमा पातलो कुइरो लाग्ने र पहाडी क्षेत्रमा लामो समय पानी नपरे तुवाँलोले दृश्यता कमजोर हुनेछ ।
आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २४ देखि २५ डिग्री सेल्सियस पुग्ने महाशाखाले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...