Loading...

“पानी अभियानलाई ६ लाख ५० हजार सहयोग गर्ने निर्णय “

कार्तिक २१  दिनप्रतिदिन पानी अभियानमा विश्वभरबाट सहयोग गर्ने खबर आइरहदा सुनपुर सामाजिक कोषले पनि अभियानलाई मद्दत पुर्याउन ठूलो सहयोग गर्ने भएको छ । सुनपुर सामाजिक कोषले पानी अभियानलाई ६ लाख ५० हजार सहयोग गर्ने घोषणा गरेको जानकारी सचिव किरण पौडेलले गराउनु भएको छ ।

 2073 साल,कार्तिक 20 गते बसेको  यस पानी अभियान अन्तर्गतको ‘ सुनपुर खानेपानी तथा सरसफाई उपभोक्ता समिति ‘ का पदाधिकारी तथा आम उपभोक्ताहरु सहितको बृहद् भेलाबाट प्राप्त प्रस्ताब अनुसार यस अभियानलाई यथाशीघ्र कार्यान्वयनमा ल्याई आम उपभोक्तालाई सेवा दिने अभिप्रायले ‘ सुनपुर सामाजिक कोष ‘ले यस पानी अभियानलाई रु 6,50,000/अक्षरुपी छ लाख पचास हजार रुपैंया सहयोग गर्ने घोषणा गरेको छ।

यसमा तपाइको प्रतिक्रिया

Loading...