Loading...

अङ्गीकृत नागरिकतामा समझदारी नभएको प्रधानमन्त्री कार्यलयको स्पष्टोक्ती

काठमाडौं , कार्तिक २१ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अङ्गीकृत नागरिकताका विषयमा कुनै पनि समझदारी नभएको स्पष्ट पारेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले आज सञ्चारकर्मीसँग कुरा गर्दै बाहिर आएजस्तो अङ्गीकृत नागरिकता र संविधानको मस्यौदा बाहिर आएको भन्ने कुरामा कुनै सत्यता नभएको बताउनु भयो ।

प्रधानमन्त्री दाहालले त्यस विषयमा राजनीतिक दलसँग गम्भीर रुपमा छलफल गरी छिट्टै सहमति कायम गर्ने भन्दै उहाले चर्चामा आएजस्तो सम्झौता नै नभएको बताउनु भयो ।

संविधान संशोधनका लागि तयार पारिएको प्रस्तावमा अङ्गीकृत नागरिक १० वर्ष नेपाल बसेमा उच्च संवैधानिक पदहरुमा नियुक्त हुन योग्य मानिने उल्लेख छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...