Loading...

अंगीकृत नागरिकलाई राष्ट्र प्रमुख बनाउने ? नो, नो, नो !

कार्तिक २१ काठमाण्डौं । काग्रेस माओवादी सरकारले मधेशी मोर्चालाई सहमतिमा ल्याउने प्रयासको रुपमा अंगीकृत नागरिकलाई समेत राष्ट्रप्रमुख हुने सहितको प्रस्ताव पठाएको समाचार सार्वजनिक भए पछि त्यसको चौतर्फी विरोध शुरु भईरहेको छ ।

यसै मेसोमा अहिले सामाजिक सञ्जालबाटै पार्टी नेतृत्वको सरकारले गरीरहेका गतिविधिलाई टिप्पणी गर्दै आउनु भएका माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठले सविधान ससोधनको त्यस्तो प्रस्ताव असंभव भएको भन्दै नो नो नो भनी टिप्पणी गर्नु भएको छ ।

narayankaji
उहाले ट्वीटर मार्फत यस्तो घोषणा गरेका हुन् । यसै गरी विभिन्न नेता र सर्वसाधारणले सरकारको त्यस्तो प्रस्तावको खुलेर विरोध शुरु गरेका छन्।

यसमा तपाइको प्रतिक्रिया

Loading...