Loading...

भक्तपुरमा कुहिएको अवस्थामा एक महिलाको शव फेला

काठमान्डौ कात्तिक २१ ।
भक्तपुरको मध्यपुरथिमि नगरपालिका–२ बोडेमा हिजो साँझ किरा परेर कुहिएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।

बोडेबाट मूलपानी तर्फ जाने भित्र सड्कको छेउमा अन्दाजी २७ वर्षकी महिलाको शव फेला परेको महानगरीय प्रहरी बृत्त थिमिका प्रहरी नायव उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिनुभयो ।

महिलाको टाउकोमा चोट देखिएका कारण उनको कसैले हत्या गरेर फालेको हुनसक्ने प्रहरीको अनुमान छ । सो महिला स्थानीय बासिन्दा नभएको र पहिचान पनि नभएको प्रहरीले जनाएको छ ।

प्रहरी बृत्त थिमि र अपराध अनुसन्धान महाशाखाको टोलीले अनुसन्धान अगाडि बढाएको छ । खेतमा गएर फर्कदै गरेका स्थानीय बासिन्दाले हिजो साँझ बोरा भित्र महिलाको टाउको मात्रै देखिने गरी शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया

Loading...