Loading...

छठ पर्वको विषेश दिन आज अस्ताउदो सुर्यलाई अघ्र्य दिइ मनाइदै

काठमाडौ २१ कार्तिक । 

मिथिला क्षेत्रमा विषेश श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्वको मुख्य दिन आज अस्ताउदो सुर्यलाई अघ्र्य दिई मनाइदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म पाँच दिन मनाइने छठ पर्व अन्तरगत षष्ठीका दिनलाई विषेश रुपमा हेर्ने गर्दछन् ।

विषेश गरी तराई मधेश क्षेत्रमा मनाउने यो पर्व पछिल्लो समय काठमाडौ उपत्यकासहित अन्य क्षेत्रमा समेत मनाउन थालिएको छ । छठ पर्वको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

छठ पूजा गर्नाले पुत्रप्राप्ति र छालारोग निको हुनेगरेको धार्मिक मान्यता समेत रहिआएको छ । सत्य र अहिंसाप्रति मानवको रुचि बढाउनु र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यो पर्वको विशेषता रहेको छ ।

आज जलासय वा नदी किनारमा ठेकुवा भुसुवा नरिवल र भोगटे लगायत पुजन सामग्री सहित छठी माताको पूजाआजा गरी पश्चिमतर्फ फर्केर अस्ताउँदो सूर्यलाई अर्घ्यदान गर्ने गर्दछन् ।

यस्तै आज रातभर जाग्रम बसी भोली बिहान जलाशयमा गई उदाउँदै गरेको सूर्य र षष्टी मातालाई अर्घ्य दिएपछि छठ पर्व सम्पन्न हुन्छ ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले सूर्य देवता र छठ माताको पूजा आराधाना गरी मनाइने पर्व छठको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, एकता र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।

सन्देशमा उहाँले धार्मिक तथा साँस्कृतिक विविधताले सम्पन्न हाम्रो मुलुकमा मनाइने यस्ता चाडपर्वले सामाजिक र पारिवारिक जमघट गराउने, मनोरञ्जनका माध्यमबाट आपसी तिक्तता मेटाएर सुमधुर आपसी सम्बन्ध र एकता कायम गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

यसैगरी, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पनि पर्वको अवसरमा शुभकामना दिनुहुदै यस्ता चाडपर्वले सामूहिक भावनालाई अझ विकसित गर्दै सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पु¥याएको बताउनु भएको छ ।

यस्तै, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छठ पर्वको अवसरमा समस्त नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले सूर्यको उपासना गरी मनाइने छठ पर्वले नेपालीबीचको धार्मिक सहिष्णुता, सामाजिक एकता र दिगो सम्बन्ध कायम गर्नेमा विश्वास व्यक्त गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...