Loading...

अंगीकृत नागरिकलाई समेत राष्ट्र प्रमुख बनाउने गरी सविधान शसोधन गर्ने सरकारको तयारी !

कार्तिक २१ काठमाण्डौं । सरकारले असन्तुष्ट मधेशी मोर्चालाई सहमतिमा ल्याउने प्रयास स्वरुप अंगीकृत नागरिकलाई समेत सबै संवैधानिक पदहरुमा प्रमुख हुन पाउने सहितको व्यवस्था राख्न सविधान शसोधन गर्ने प्रस्ताव मधेशी मोर्चालाई पठाएको खुलेको छ ।
मन्त्रीहरु कृष्ण बहादुर महरा, विमलेन्द्र निधिर रमेश लेखकको कार्यदल मार्फत मोर्चालाई अनौपचारीक रुपमा पठाईएको प्रस्ताव पत्रमा सहमति भए यसै साता सविधान ससोधन प्रस्ताव दर्ता गर्ने सरकारले तयारी गरेको छ । अन्तरीम सविधान २०६३ मै भएको व्यवस्थाको निरन्तरता हुने गरी यस्तो व्यवस्था गर्न लागिएको हो ।
यसै गरी हिन्दी भाषालाई राष्ट्रिय भाषाको रुपमा मान्यता दिने समेत सविधानमै व्यवस्था गर्न ससोधन प्रस्तावमा राख्ने तयारी सरकारले गरेको छ ।
भारतीय राष्ट्रपति मुखर्जीको भ्रमण , दिल्लीको दबाब र मधेशी मोर्चालाई सहमतिमा ल्याउने प्रयासमा सरकारले यस्तो गंभीर प्रस्ताव तयार पारे पनि यसमा प्रमुख प्रतिपक्षी दल एमालेको औपचारीक धारणा आएको छैन । यदी यो सविधान शसोधन प्रस्ताव दर्ता भए र लागु भएमा भारतीय मुलका नागरिकहरु समेत राष्ट्रअध्यक्ष बन्न सक्ने अवस्था आउने भन्दै यस अघि देखि नै यस्तो विषयमा आलोचना हुदै आएको छ ।
एमालेको सहमति विना सविधान शसोधन हुन नसक्ने अवस्था छ ।

 तर मधेशी मोर्चा भित्र भने सिमांकन पनि ससोधनमै टुंग्याउनु पर्ने दवावका कारण यसै विषयमा मात्रै सहमति हुने या नहुने निश्चित गर्न बाकी छ । उनीहरुले आयोग मार्फत सिमाकंन टुंग्याउन नहुने अडान राख्दै आएका छन् । आजको अन्नपूर्ण पोष्ट दैनिकले खबर लेखेको छ ।
सबै बिषयमा सहमति नभए कार्तिक २५ गतेबाट ज्ञापन पत्र दिएर पुनः आन्दोलन शुरु गर्ने संघीय गठबन्धनले यस अघि निर्णय गरीसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...