Loading...

पत्रकार न्यौपाने रहेनन्

काठमाण्डौ कार्तिक २० । आर्थिक क्षेत्रमा लामो समयदेखि पत्रकारीता गर्दै आएका सञ्जय न्यौपानेको आज निधन भएको छ ।
मस्तिष्कको समस्याका कारण भारतको मेदान्त अस्तालमा उपचार पछि थप शल्यक्रिया गर्न काठमाण्डौ ल्याईएका न्यौपानेको आज साँझ सात बजे क्यान्सर अस्पताल ललितपुर मा निधन भएको हो ।
प्रेस चौतारी नेपाल ललितपुरका संस्थापक सदस्य समेत रहेका न्यौपानेको आजै पशुपति आर्यघाटमा अत्यष्टी गरिने उहाको पारीवारीक स्रोतले जनाएको छ । उनका एक छोरा र एक छोरि रहेका छन् ।
न्यौपानेले कान्तिपुर दैनिक, कारोबार दैनिक लगायतका पत्रिकामा काम गरीसक्नु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...