
काठमान्डौ कात्तिक २० ।
भूकम्प र नाकावन्दीका कारण एक वर्षभन्दा बढी बन्द भएको रसुवागढी जलविद्युत आयोजनाको कामले गती लिने भएको छ ।
चीनियाँ ठेकेदार चाइना वाटर एन्ड इलेक्ट्रिसिटी कर्पोरेशनले निर्माण स्थलमा सुरक्षाको कारण देखाउँदै काममा नआए पछि बन्द भएको थियो । लामो वार्तापछि चीनियां ठेकेदार सो आयोजनाको कार्यका लागि काममा फर्कन सहमत भए पछि कामले गति लिने भएको हो ।
वर्षातका कारण लगातार पहिरो र ढुङा खस्ने क्रम नरोकिए पछि सुरक्षाको कारण देखाउँदै सीडब्ल्यूईले एक पक्षीय रुपमा काम पूर्ण रुपमा बन्द गरेको थियो ।
एकसय एघार मेघावाट क्षमताको आयोजना आगामी भदौमा सम्पन्न गर्ने लक्ष्य लिएकोमा सन २०१९ को मध्यमा सम्पन्न हुने संभावना बढेको रसुवागढीका प्रमुख कार्यकारी अधिकृत माधव कोइरालाले बताउनु भयो ।
अहिले सम्म आयोजनाको काम ३० प्रतिशत मात्र सम्पन्न भएको छ ।
शनि, कार्तिक २०, २०७३ मा प्रकाशित
यसमा तपाइको प्रतिक्रिया
अन्य विजनेस समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonlineचर्चित समाचार
फिचर न्युज

बुंगल नगरपालिका–८, का हिरा कामी अहिले ४० वर्ष हुनुभयो । २०३४ सालमा जन्मनु भएका कामीले

काठमाडौं, चैत्र २८ ।माेहन वैद्य नेतृत्वकाे नेकपा क्रान्तिकारी माअाेवादीले अाफ्ना युवाहरूलार्इ सिराहामा लठ्ठी लालिम

काठमाण्डौं चैत्र २४ । काठमाण्डौं हाडीगाँउमा रहेको श्रीदिवा ईन्टरनेस्नल स्कुलमा स्प्रीगं फेयरको आयोजना सम्पन्न भएको

१९ चैत्र,काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले बालकृष्ण ढुंगेलको रिहाईको माग गर्दै आज काठमाण्डौमा प्रर्दशन गरेको