Loading...

एएफसी सोलीडारीटी कपमा नेपाल र टिमोर लिष्टेबीचको पहिलो हाफ् बराबरीमा

काठमाडौं, कात्तिक २० । मलेसियामा जारी एएफसी सोलिडारिटी कपमा नेपालले आफ्नो पहिलो खेलमा अहिले टिमोर लिस्टेसँग प्रतिस्पर्धा गरिरहेको छ । वर्षाले प्रभावित खेलमा नेपालले केही अवसर पाए पनि गोल गर्न नसक्दा दुवै टिम गोल रहित बराबरीमा रोकिएका छन् ।

अहिले दोस्रो हाफ्को खेल शुरु भएको छ । दोस्रो हाफ्मा बर्षा रोकिएको छ र नेपालले केही सुधारेर खेलिरहेको छ । खेलको ४७ औं मिनेटमा नेपालका नवयुग श्रेष्ठले पाएको सुन्दर प्रहार पोलमा लागेर बाहिरीएको छ ।

खेल मलेसियाको कुचिङ स्थित निगेरी रंगशालमा जारी छ । टिमोर लिस्टेको यो समूहको दोस्रो खेल हो । गत बुधबार भएको पहिलो खेलमा टिमोर लिस्टे बु्रनाइसँग ४–० ले पराजित भएको थियो ।

आजको खेलमा लिष्टेबिरुद्ध ५–० वा सोभन्दा माथीको जित हात पारे नेपाल, एक खेल अगाबै प्रतियोगिताको सेमिफाईनलमा प्रबेश गर्नेछ ।

यसअघि नेपालले पछिल्लो पटक सन् २०११ मा टिमोरलाई हराएको थियो । नेपालले समुह चरणको दोस्रो खेलमा आगामि मंगलबार ब्रुनाईसंग प्रतिस्पर्धा गर्नेछ ।

सात देशको सहभागिता रहेको प्रतियोगितामा नेपाल, टिमोर लिस्टे र ब्रुनाइ समूह एमा छन् । यस्तै समूह बीमा श्रीलंका, मकाउ, मंगोलिया र लाओस रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया

Loading...