Loading...

महाधिवेशन विधान सम्मत् नभए तरुण दलमा समानान्तर समिति गठन गर्छौ : असन्तुष्ट पक्ष

काठमाडौ २० कार्तिक ।
नेपाली कांग्रेसका भातृ संगठन नेपाल तरुण दलका असन्तुष्ट पक्षले आसन्न महाधिवेशन विधान सम्मत् नभए समानान्तर समिति गठन गरेर अघि बढ्ने चेतावनी  दिएको छ ।

असन्तुष्ट पक्षले आज राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै ७५ ओटै जिल्लाको अधिवेशन विधिसम्मत् ढंगले सम्पन्न गरेर मात्रै महाधिवेशनमा जानुपर्नेमा जोड दिएका छन् । तरुण दलको महाधिवेशन यही कात्तिक २७ देखि २९ गतेसम्म हुदैछ ।

महाधिवेशनको मिति पाँचपटक सम्म तोक्ने र स्थगन गर्ने काम भएको भन्दै नेता रमेश खरेलले अझै एकलौटी ढंगले महाधिवेशन गर्ने चेस्टा गरिए समानान्तर समिति गठन गर्ने चेतावनी दिनुभयो ।

विधान तथा प्रचारप्रसार समितिका संयोजक मेदनी सिटौलाले वर्तमान नेतृत्वले आफूहरुलाई महाधिवेशन नै नचाहेको जसरी चित्रण गरेकोमा आपत्ति जनाउनु भयो ।

दलका पूर्वअध्यक्ष विनोद कायस्थले तरुण दल अहिले पनि जनताको आस्थाको केन्द्र भएको जनाउँदै एउटा पक्षले अर्को पक्षलाई पेलेर जाने हो भने त्यसले संगठनलाई दीर्घकालीन असर पर्ने बताउनु भएको छ ।

यस्तै नेत्री लक्ष्मी खतिवडाले आफूहरु विधिवत् महाधिवेशनका पक्षमा रहेको बताउँदै विधि र प्रक्रियालाई मिचेर संस्थापन पक्ष एकलौटी ढंगले अघि बढे सशक्त प्रतिकार गरिने चेतावनी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...