Loading...

पुनरसंरचनाका लागि जिल्ला प्राविधिक समितीले पाएको समय सकियो ,तराईमा अझै काम सुरु भएन

काठमाडौं, कात्तिक २०।
स्थानीय तह पुनर्संरचनाका लागि जिल्ला प्राविधिक सहयोग समितिलाई दिएको समय आज सकिएको छ । पुनर्संरचना आयोगमा हाल सम्म ७ वटा जिल्लाले मात्र प्रतिवेदन बुझाएका छन् ।
हिजो सम्म सात जिल्लाको प्रतिवेदन आएकोमा आज बाँके जिल्लाले पुनरसंरचना प्रतिवेदन बुझाएको हो ।

तराईका ८ जिल्लामा पुनर्संरचनाको काम अझै सुरु हुन सकेको छैन । कतिपय जिल्लामा पनि विवादका कारण प्रतिवेदन तयार हुन सकेको छैन ।

अझै ६७ जिल्लाको प्रतिबेदन आउन बाँकी रहेको आयोगका अध्यक्ष बालानन्द पौडेलले जानकारी दिनुभयो ।  प्रतिवेदन आउन बाँकी रहेका जिल्लाका हकमा के गर्ने भन्ने बारे छलफल गरी निर्णय गरिने पौडेलले बताउनु भयो ।

आयोगले बढीमा ७ सय ४४ स्थानीय सरकार बनाउने मापदण्ड सहित प्राविधिक समितिलाई संख्या र सिमाना टुंग्याउने जिम्मा दिएको छ । सबै जिल्लाबाट प्रतिवेदन नआए पनि आयोगलाई काम अघि बढाउन भने समस्या नभएको पौडेलले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...