Loading...

मुखर्जीले बिशेष सम्बन्धका नाममा नेपालमा हस्तक्षेपको कुरा दृष्टिकोण अघि सारेका छन्ः विप्लव

काठमाण्डौं कार्तिक २० । नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले भारतीय राष्ट्रपति प्रणव मुखर्जीले नेपालसग‘ बिशेष सम्बन्धको नाममा हस्तक्षेप गर्ने कुरा घुमाउरो रुपमा दोहोर्याएकोले त्यसलाई स्वीकार गर्न नसकिने बताउनु भएको छ ।

पार्टी निकट नेवाः राष्ट्रिय मुक्ति मोर्चाले नेपाल संवत ११ सय ३७ का अवसरमा आयोजना गरेको कार्यक्रममा महासचिव विप्लवले सार्वभौम राष्ट्र नेपालमाथि कुनै न कुनै रुपमा हस्तक्षेप गरी राख्ने भारतीय नीति मान्य नहुने चेतावनी दिनु भयो ।

उहाले नेपालका राजनीतिक दलहरुले मोलमोलाईको राजनीति गरीरहेको भन्दै अहिले उठेको संविधान शसोधनको कुराले निकाश नदिने बताउनु भयो ।

यो संसोधनले देशलाई विघटन गराउने भन्दै उहाले सविधान संघर्षबाट अब अन्तिम पटक राजनीतिक फैसला लिने बेला आएको र माओवादीले अब त्यसको अगुवाई गर्ने बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...