Loading...

हल्लाको भरमा संविधान संशोधन हुदैन : रावल

काठमाडौ २० कार्तिक ।  

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले हल्लाको भरमा संविधान संशोधन गर्न नसकिने बताउनु भएको छ । उहाँले संविधान संशोधनलाई राजनीतिक स्वार्थमा प्रयोग गर्न नसकिने स्पस्ट पार्नु भयो ।

राजधानीमा आज आयोजित साक्षात्कारमा बोल्दै उहाँले नयाँ संविधानले सबै नेपालीको भावनालाई समेटेको दाबी गर्दै कसैले हल्ला गरेको भरमा संशोधन हुन नसक्ने धारणा राख्नुभयो ।

उपाध्यक्ष रावलले भारतका राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमा आउँदा सार्वजनिक बिदा दिइनु अन्तर्राष्ट्रिय कूटनीतिक मर्यादा विपरीत भएको दावी समेत गर्नुभएको छ ।

मुखर्जीको सवारीका बेला एम्बुलेन्स र बिरामी आवत–जावतमा समेत रोक लगाएर सरकारले जनतालाई सास्ती दिने काम गरेको टिप्पणी गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...