Loading...

छठ पर्वको दोस्रो दिन आज खरना पुजा गरिदै

काठमान्डौ कात्तिक २०।
मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्व को दोस्रा दिन आज खरना पुजाको तयारी गरिदै छ ।

आज मुख्य व्रतालुको नेतृत्वमा घरघरमा साँझपख गरिने खरना पुजाको साथै घर आगन भोज न सामग्री पकाइने स्थल र पुजा कोठालाई चोख्याउने गरिन्छ ।

हिजो विहान घर नदी र पोखरीमा स्नान गरी छठ व्रतको विधीपूर्वक रुपमा सुरु भएको थियो । व्रतको दोस्रो दिन आज पूजा कोठाामा खीर पुरी सख्खर र केरा लगायत गुलियो प्रसादको रुपमा केराको पातमा फिजाएर इश्वरको आरधना गर्ने गरीन्छ ।

व्रतालुले पुजा गरि सके पछि प्रसाद ग्रहण गरी परिवारका अन्य सदस्यलगायत उपस्थितलाई बाड््ने प्रचलन छ । पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्दै छठ पव मनाइन्छ । छठ पूजा गर्नाले पुत्रप्राप्ति र छालारोग निको हुनेगरेको धार्मिक मान्यता समेत रहेको छ । सत्य र अहिंसाप्रति मानवको रुचि बढाउनु र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यो पर्वको विशेषता रहेको छ ।

दुइ दिनको आन्तरिक पुजा पछि पर्वको मुख्य षष्ठीको दिन भोली साँझ र पर्सी विहान जलासय वा नदीको किनारमा
ठेकुवा भुसुवा नरिवल र भोगटे लगायत पुजन सामग्री सहित छठी माताको पूजाआजा गरी पश्चिमतर्फ फर्केर अस्ताउँदो सूर्यलाई अर्घ्यदान गर्छन् । अन्तिम दिन पुनः जलाशयमा गई उदाउँदै गरेको सूर्य र षष्टी मातालाई अर्घ्य दिई छठ सम्पन्न गरिन्छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...