Loading...

कांग्रेस सभापति देउवा आज नयाँ दिल्लीमा राजनीतिक भेटवार्ता गर्ने

काठमान्डौ कात्तिक २० ।

भारत भ्रमणमा रहनु भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज गोवाको कार्यक्रम सकेर नयाँ दिल्ली फर्कदै हुनुहुन्छ ।

इन्डिया फाउन्डेसनको कार्यक्रममा सहभागी भएर सभापति देउवा आज गोवाबाट नयाँदिल्ली फर्कन लाग्नु भएको हो ।

सभापति देउवा आज गोवाबाट दिल्ली फर्कीनु भए सँगै दिल्लीमा राजनीतिक भेटवार्ता गर्नु हुनेछ । देउवाले आजै दिल्लीमा केही राजनीतिक दलका नेताहरुसँग भेटवार्ता गरे पनि उच्चस्तरीय राजनीतिक भेटवार्ता भने भोली र पर्सी हुने देउवा निकट स्रोतले बताएको छ ।

भोली हुने जवाहरलाल नेहरू विश्वविद्यालयको कार्यक्रममा सभापति देउवाले प्रमुख वक्ताको रूपमा सम्बोधन गर्नु हुनेछ । त्यस लगत्तै उहाँले दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, कंग्रेस आईका अध्यक्ष सोनिया गान्धी लगायत सँग भेटवार्ता गर्नु हुने देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनु भयो ।

राजनीतिक भेटघाट सकाएर देउवा पर्सि स्वदेश र्फकने कार्यक्रम छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...