Loading...

विद्यादेवी भण्डारीको भारत भ्रमणका लागि तयारी थाल्न मन्त्रीपरिषदको निर्देशन

काठमाडौ १९ कार्तिक ।

सरकारले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणले दुई देशबीचको आपसी सम्बन्ध थप सुमधुर बनाएको निष्कर्ष निकालेको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमणका लागि तयारी थाल्न पनि निर्देशन दिएको छ ।

भारतीय राष्ट्रपतिको नेपाल भ्रमणले दुई देशबीच देखिएको दुरी कम गरेको ठहर सहित राष्ट्रपति भण्डारीको भारत भ्रमणका लागि तयारी गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको हो ।

बैठकले उच्चपदस्थ व्यक्तिको सुरक्षा व्यवस्था मिलाउन सरकार सफल रहेको निष्कर्ष समेत निकालेको छ ।

यसैबीच बैठकले निक्षेप तथा कर्जा सुरक्षण निगमको अध्यक्षमा राजस्व सचिव राजन खनाललाई नियुक्त गर्ने निर्णय समेत गरेको सन्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।

यस्तै, मन्त्रिपरिषद बैठकले ख्वप विश्वविद्यालयसम्बन्धी विधेयक संसदको विधायन समितिमा पठाउने निर्णय पनि गरेको छ ।

यसैगरी, उपेक्षित उत्पीडित दलित वर्ग उत्थान विकास समितिको अध्यक्षमा बुद्धिबहादुर नेपाललीलाई नियुक्त गर्ने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...