Loading...

नेकपा माओवादीका पोलिटव्युरो सदस्य अनिल विरहीसहित ९ जना पक्राउ

काठमाडौ १९ कार्तिक ।  

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका पोलिटव्युरो सदस्य अनिल शर्मा विरहीसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भारतमा हुने गोरखाभर्ती केन्द्र बन्द गर्न माग गर्दै हुन लागेको प्रदर्शनमा सहभागी हुन जानेक्रममा राजधानीको शान्तिबाटिकाबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

काठमाडौको असनबाट विरोध र्याली सहित लैनचौर स्थित भारतीय दुतावास अगाडी सम्म जाने कार्यक्रम रहेको थियो ।

पक्राउ पर्ने पोलिटव्युरो सदस्य अनिल शर्मा विरहीका साथै कार्यकताहरु केशव शर्मा, टंक जोशी, आकाश भेटवाल, दुर्गाप्रसाद अधिकारी, सूर्य भुजेल, धु्रव अधिकारी र प्रकाश अधिकारी रहेको नकपा माओवादीले जनाएको छ ।

सो क्रममा समाचार संकलनका लागि गएका रेडियो मिरमिरेका सहकर्मी साहस भट्टालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

विगतमा कार्गिल युद्धमा पनि थुप्रै नेपाली युवा मारिएको भन्दै भारतको रक्षाका लागि नेपाली युवाले ज्यान दिएकाले उनीहरुलाई सम्मान र समान सुविधा दिनु पर्नेमा पनि माओवादीले जोड दिएको छ ।

गोरखाभर्ती केन्द्र बन्द गर्न र नेपालीलाई जोखिमपूर्ण क्षेत्रबाट अन्यत्र सार्न दवाव दिनका लागि आजको र्याली आयोजना गरिएको माओवादी विदेश विभाग प्रमुख धमेन्द्र बास्तोलाले जानकारी दिनुभयो ।

गत कार्तिक १४ गते कास्मीरमा भारतीय गोर्खा सैनिकमा कार्यरत सुनसरीका विमल तामाङको शब परिवारलाई नेपाल ल्याउन नदिई विना कुनै जानकारी उतै दाहा संस्कार गरिएकोमा पनि माओवादीले आपत्ति जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...