Loading...

संविधानलाई असफल बनाएर आफैँ प्रधानमन्त्री हुने लोकमानसिंहको सपना तुहियाे : भट्टराई

पर्सा, कात्तिक १९ ।

नेकपा एमालेका सचिव योगेश भट्टराईले सात दशकको लामो सङ्घर्ष र हजारौँ नेपालीको बलिदानबाट प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानलाई असफल बनाएर आफैँ प्रधानमन्त्री हुने लोकमानसिंह कार्कीको सपनालाई एमालेले ल्याएको महाअभियोग प्रस्तावले तुहाएको दाबी गर्नुएकाे छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीले देशमा समानान्तर सत्ता चलाई संविधानलाई असफल पार्ने खेलमा लागेकाले महाभियोग प्रस्ताव ल्याएको उहाकाे भनाइृ छ ।

चौतारी नेपाल पर्साले अाज आयोजना गरेको पत्रकार सम्मेलनमाबाेल्दै उहाले  संविधान संशोधन र लोकमान प्रकरण छुट्टाछुट्टै विषय भएकाले दुबै मुद्दालाई नमिसाउन माओवादी केन्द्र र काँग्रेसलाई आग्रह गनर्नुभयाे ।

एमालेको सहयोग/सर्मथन बिना संंविधान संशोधन सम्भव नै नभएको र संविधान संशोधनबारे माओवादी केन्द्र वा काँग्रेसले एमालेसँग औपचारिक तथा अनौपचारिक रुपमा कुनै कुरा नै नगरेको आरोप लगाउनु भयारे ।

यसमा तपाइको प्रतिक्रिया

Loading...