Loading...

सप्तरीमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

काठमान्डौ कात्तिक १९ ।
सप्तरीमा जंगली हात्तीको आक्रमणबाट गएराती एक जना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा बैरबा–८ का ६२ वर्षे अलाउद्दिन मिया रहेका छन् ।

गएराति खेतमा धान हेर्न गएका बेला उनको हात्तीको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको हो । सप्तरीको उत्तरी पूर्वी गाविसमा जंगली हात्तीको आक्रमण बढ्दै गएको छ । कन्चनपुर, जगतपुर, भारदह, बरमझिया लगायत गाविसमा जंगली हात्तीको आक्रमण बढेको हो ।

त्यहाँ केरा खेती हुने गरेको र केरा खान हात्ती गाउँ पस्न थालेको स्थानियबासिन्दाले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया

Loading...