Loading...

भक्तपुरका भुकम्पपिडितलाई आगामी साता पहिलो किस्ताको अनुदान वितरण गरिने

भक्तपुर, कात्तिक १९।
भक्तपुरका भूकम्प प्रभावितलाई आगामी सातादेखि पहिलो किस्ताको अनुदान रकम स्वरुप ५० हजार रुपैयाँ वितरण गरिने भएको छ ।

नामावली भएका र उजुरी वा दाबी विरोध नपरेका भूकम्प प्रभावितसँग अनुदान सम्झौता आगामी कात्तिक २५ गतेदेखि गरिने समितिका उपसंयोजक दीपक पाठकले जानकारी दिनुभयो । अनुदान सम्झौता भएको पाँच दिनपछि नगरपालिकाले तोकेको बैंकबाट अनुदान रकम लिन सकिने व्यबस्था गरेको उहाँले बताउनुभयो ।

दोस्रो किस्ता वितरण गर्नुअघि नै प्राधिकरणको संयन्त्रले मालपोत कार्यालयमार्फत र गाउँगाउँमा पुनः सर्वेक्षण गर्दा दुईवटा घर भएका वा गैर भूकम्प प्रभावितले अनुदान रकम लिएको पाइएमा त्यस्ता व्यक्तिलाई कारबाही गरी जरिवाना सहित रकम फिर्ता गराइने बताउनुभयो ।

भक्तपुरमा अहिलेसम्म २४ हजार नौसय दुईजना भूकम्प प्रभावितको पहिचान भएको समितिका उपसंयोजक पाठकले जानकारी दिनुभयो ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना इकाई कार्यालयले स्थानीय निकाय मार्फत भूकम्प प्रभावितलाई पहिलो किस्ता रकम वितरणका लागि अनुदान सम्झौता गर्न गाउँगाउँमा सूचना जारी गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...