Loading...

मुखर्जी नेपालको तीन दिने औपचारीक भ्रमण पूरा गरी आज स्वदेश फर्कने

कार्तिक १९ काठमाण्डौं । नेपालको तीन दने औपचारीक भ्रमण पूरा गरी भारतीय राष्ट्रपति प्रणव मुखर्जी स्वदेश फर्कदै हुनुहुन्छ । आज जनकपुर र पोखरा भ्रमण सकेर फर्किए पछि अपरान्ह साढे ४ बजे उहा भारतीय वायुसेनाको बिषेश बिमानबाट दिल्ली फर्कनु हुने छ ।
त्यस अघि बिहान उहा १० बजे पछि जनकपुर धाम जानु हुने छ । जनकपुर जाने क्रममा हिमालको दृष्यअवलोकन गर्दै जानु हुने स्रोतले जनाएको छ । उहाको साथमा नेपालका पर्यटन मन्त्री जीवन बहादुर शाहीले पनि यात्रा गर्नु हुने छ ।

जनकपुरमा पुगेर राम जानकी मन्दिरको दर्शन र नागरिक अभिनन्दन लगायतका कार्यक्रम सके पछि मुखर्जी सोझै पोखरा लाग्नु हुने छ । १ बजे पोखरा पुग्ने र फेवा तालमा केही बेर शयर गर्ने लगायत विभिन्न कार्यक्रम पछि मुखर्जी सो तीन बजे काठमाण्डौं फर्कनु हुने छ । ४ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आईपुगे पछि मुखर्जीको यात्रा सोर्झै दिल्ली तर्फ हुने छ ।

मुखर्जीलाई लिन भारतीय वायु सेनाको बिशेष बिमान काठमाण्डौमा अवतरण भएको केही समय पछि भ्रमण दल दिल्ली प्रस्थान गर्ने छ । नेपालमा रहदा मुखर्जीले राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, विभिन्न राजनीतिक दलका नेताहरुसग भेटवार्ता गर्नुका साथै पशुपतिनाथको दर्शन, काठमाण्डौं महानगरपालिकाको नागरिक अभिनन्दन जस्ता कार्यक्रमहरुमा सभागीता जनाउनु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...