Loading...

भारतीय राष्ट्रपति मुखर्जीका कारण अाज २ पटक विमानस्थल बन्द हुने

 कार्तिक १९ काठमाण्डौं ।

भारतीय राष्ट्रपति प्रणव मुखर्जी काठमाडौंबाट जनकपुर जाँदा र पोखराबाट काठमाडौं आउँदा २ पटक भीभीआइपीको उडान का कारणा विमानस्थल बन्द हुने भएको छ ।

अाज बिहान १० देखि साढे १० बजेसम्म र बेलुका ४ बजेदेखि सवा पाँच बजेसम्म नोटिस टु एयर म्यान (नोटाम) जारी भएको छ । नोटामको समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुने विमानस्थका प्रवक्ता प्रेमनाथ ठाकुरले बताउनु भयाे ।

मुखर्जी शुक्रबार बुद्ध एयरको जहाज चार्टर गरेर काठमाडौंबाट जनकपुर र पोखरा जाँदै हुनुहुद्दछ । सोही जहाजबाट काठमाडौं पर्कने र साँझ नयाँदिल्ली जाने कार्यक्रम रहेको छ ।

बुधबार समेत भारतीय राष्ट्रपति मुखर्जीको सवारीका कारण दिनभर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल प्रभावित भएको थियो । बिहीबार समेत दिनभर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको जहाजको गति, दिशा र उचाई देखाउने यन्त्र (राडार) बिग्रदा उडान व्यवस्थापनमै हम्मेहम्मे परेको थियो ।

बिहीबार रााडारले काम नगर्दा पनि उडान व्यवस्थापन गर्नुपर्दा राडारमै अभ्यस्त एयर ट्राफिक कन्ट्रोलर (एटीसी)लाई निकै असहज भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

विमानस्थलका प्रवक्ता ठाकुरका अनुसार बुधबार बेलुका ८ बजेदेखि बिग्रिएको राडार २१ घण्टापछि आर्थात् बिहिबार बेलुका ५ बजे मात्रै बनेको छ ।

‘राडारमा भएको प्राविधिक गढबढीले बिहिबार दिनभरको उडान व्यवस्थापनमा समस्या भयो’, ठाकुरले भद्दनुभयाे । राडारले काम नगर्दा जहाज उडान तथा अवतरणमा म्यानुअल्ली सिस्टम अपनाउनुपर्ने भएकोले पनि समस्या भएको उहाको भनाइ छ । नेभिगेसन सिस्टम भएका जहाजलाई कुनै समस्या नभएको भएपनि यो सिस्टम नभएका जहाजको हकमा भने अवतरण गर्दा, उडान गर्दा, तथा अर्को जहाजसँग हुने दुरीको व्यवस्थापन मिलाउनुपर्ने भएकोले निर्धारित समयभन्दा एक घण्टासम्म उडान तथा अवतरण ढिलो हुन पुगेका ठाकुरले जानकारी दिनुभयाे ।

विमानस्थल कार्यालयबाटै उडान व्यवस्थापन गर्न ढिलो हुँदा सम्बन्धित वायुसेवाले यात्रु व्यवस्थापन, उडान व्यवस्थापन मिलाउँदा तनिचार घण्टासम्म ढिलो हुन पुगेको पनि सम्वन्धित वायुसेवा कम्पनीको भनाइ छ । आन्तरिक उडान दुई घण्टासम्म ढिलो भएका थिए भने अन्तर्राष्ट्रिय उडानका वायुसेवाको भने तीन देखि चार घण्टासम्म नै ढिलो हुन पुगेको उल्लेख छ ।

एटीसीले राडारको सहकार्यले स्क्रीनमा हेरेरै उडान व्यवस्थापन गर्न सक्ने प्रविधि भएपनि राडारले नै काम नगर्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान प्रभावित हुनु सामान्य भएको पनि विमानस्थल कार्यालयको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...