Loading...

भारतीय राष्ट्रपति मुखर्जी पोखरा र जनकपुर जादै

काठमान्डौ कात्तिक १९ ।
तीन दिने राजकीय नेपाल भ्रमणमा रहनु भएका भारतीय राष्ट्रपति प्रणव मुखर्जी आज भ्रमणको तेस्रो दिन जनकपुर र पोखरा भ्रमणमा जाँदै हुनुहुन्छ । राष्ट्रपति मुखर्जी बुद्ध एयरको विशेष विमानबाट आज विहान १० वजे ५५ मिनेटमा जनकपुर अवतरण गर्ने कार्यक्रम छ ।

राष्टपति मुखर्जीे जानकी मन्दिरमा पुजा आरधना र स्थानीय तिरहुतिया गाछीमा नागरिक अभिनन्दनमा गरि ५५ मिनेटको कार्यक्रम सहभागी हुने कार्यक्रम रहेको छ ।

जनकपुर उपमहानगरपालिकाको आयोजनामा हुन लागेको नागरिक अभिनन्दन कार्यक्रमको लागि तिरहुतिया गाछीलाई भव्य रुपमा सजाईएको छ । मुखर्जीको स्वागतलाई भव्य बनाउन स्थानीयहरुले जनकपुरको विमानस्थलदेखि जानकी मन्दिर सम्म स्वागतद्वार निर्माण गरिएको छ ।

मुखर्जीले प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा विशेष पुजा गर्ने कार्यक्रम रहेकाले मन्दिरको सरसफाइ गरी जानकी मन्दिरलाई विशेष रुपमा सिंगारिएको छ ।

यस्तै राष्टपति मुखर्जी जनकपुरको कार्यक्रम सकेर आजै पोखरा भ्रमणमा जाँदै हुनुहुन्छ । मुखर्जी जनकपुुरबाट पोखरा दिउसो पौने १ बजे पुग्ने कार्यक्रम छ । पोखरामा उहाँ तीन घण्टासम्म रहने बताइएको छ ।

पोखरा बिरौटास्थित होटेल पोखरा ग्रान्डमा केहीबेर रहे पश्चात राष्टपति मुखर्जीले पोखरा १० रामबजारस्थित भारतीय पेन्सन क्याम्पमा रहेका भूतपूर्व भारतीय सैनिकलाई सम्बोधन गर्नु हुने छ ।

पोखराको कार्यक्रम सकेर मुखर्जी आजै अपरान्ह ४ बजे काठमाडौं हुँदै भारत र्फकने कार्यक्रम रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...