Loading...

कांग्रस सभापति देउवा आज भारत प्रस्थान गर्दै

काठमान्डौ कात्तिक १९ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज भारत जादै हुनुहुन्छ । सभापति देउवा इन्डिया फाउन्डेसनको कार्यक्रममा सहभागी हुन आज भारतको नयाँदिल्ली प्रस्थान गर्न लाग्नु भएको हो ।

देउवा आजै दिल्लीबाट गोवा जाने कार्यक्रम रहेको छ । गोवामा हुने फाउन्डेसनको कार्यक्रमलाई देउवाले भोली साँझ सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

देउवाले त्यहा रहदा गोवाका मुख्यमन्त्रीसहित अन्य मन्त्रीसँग पनि आज नै भेटघाट गर्ने देउवा निकट स्रोतले बताएको छ । पर्सि आइतबार जवाहरलाल नेहरू विश्वविद्यालयमा हुने कार्यक्रममा देउवाले प्रमुख वक्ताको रूपमा सम्बोधन गर्नु हुनेछ ।
यस्तै सभापति देउवाले भोेली गोवाबाट दिल्ली फर्कीनु भए सँगै दिल्लीमा राजनीतिक भेटवार्ता गर्नु हुनेछ ।उहाँले दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सोमबार भेटवार्ता गर्ने देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनु भयो ।

साथै उहाँले कंग्रेस आईका अध्यक्ष सोनिया गान्धी, विदेशमन्त्री सहित उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने जनाइएको छ । राजनीतिक भेटघाट सकाएर देउवा आगामी कात्तिक २३ मा स्वदेश र्फकने कार्यक्रम छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...