Loading...

आज देखि राजधानीमा प्रधानसेनापति अन्तर्रा्ष्ट्रिय महिला फुटबल प्रतियोगिता हुदै

काठमान्डौ कात्तिक १९ ।
प्रधानसेनापति कप अन्तर्रा्ष्ट्रिय महिला फुटबल प्रतियोगिताको चौथो संस्करण आज देखि राजधानीमा सुरु हुदै छ । नेपाली सेनाको आयोजनामा हुने सो प्रतियोगितामा नेपालका ८ र भारतका दुई टिम गरी १० टिमले सहभागिता जनाउदै छन् ।

सो प्रतियोगिता आज देखि आगामी कात्तिक २४ गते सम्म सञ्चालन हुने छ । प्रतियोगिता लगनखेलस्थित नेपाली सेनाको सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको फुटबल मैदानमा हुनेछ । प्रतियोगिता अन्तरगत दैनिक दुइ वटा म्याच खेलाइने आयोजकले जनाएको छ ।
प्रतियोगितामा नेपालका तीन बिभागीय टोलीसहित पूर्वाञ्चल, मध्यमाञ्चल, पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चलका महिला टोलीहरु सहभागी छन् । त्यस्तै भारतको बिहार महिला टिम र सिक्किम महिला टिमलाई पनि प्रतियोगितामा सहभागी गराइएको छ ।

प्रतियोगिता नकआउटका आधारमा खेलाइनेछ । प्रतियोगिताको उपाधि बिजेताले नगद ३ लाख पुरस्कार पाउनेछ भने उपबिजेता टोलीले १ लाख ५० हजार पुरस्कार पाउनेछ । दुई सेमिफाइन लिष्ट टोलीले पनि पचास पचास हजार पुरस्कार पाउनेछन् ।

त्यस्तै उत्कृष्ट छ बिधामा पनि पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक स्कुटर पुरस्कार पाउनेछिन् । त्यस्तै उत्कृष्ट गोलरक्षक, डिफेण्डर, मिडफिल्डर, स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकले जनही ५० हजार पुरस्कार पाउनेछन् ।

यसमा तपाइको प्रतिक्रिया

Loading...