Loading...

विप्लव माओवादीले गोर्खा भर्ती बन्द गर्न आज प्रदर्शन गर्ने

कार्तिक १९ काठमाण्डौ ।  नेत्र विकम चन्द नेतृत्वको नेकपा माओवादीले भारतमा हुने गोरखाभर्ती केन्द्र बन्द गर्न माग गर्दै आज राजधानीमा प्रदर्शन गर्ने भएको छ ।  आज मध्यान्ह १२ बजे पछि शान्तिबाटीकाबाट र्याली निकालेर लैनचौर स्थित भारतीय दुतावास अगाडी सम्म जाने छ ।

कार्तिक १४ गते कास्मीरमा भारतीय गोर्खा सैनिकमा कार्यरत सुनसरीका विमल तामांगको शबलाई परिवारलाई नेपाल ल्याउन नदिई विना कुनै जानकारी उतै दाहा संस्कार गरिएकोमा पनि माओवादीले आपत्ति जनाएको छ ।  विगतमा कार्गिल युद्धमा पनि थुप्रै नेपाली युवा मारिएको भन्दै भारतको रक्षाका लागि नेपाली युवाले ज्यान दिएकाले उनीहरुलाई सम्मान र समान सुविधान दिनु पर्नेमा पनि माओवादीले जोड दिएको छ ।

गोरखाभर्ती केन्द्र बन्द गर्न र नेपालीलाई जोखिमपूर्ण क्षेत्रबाट अन्यत्र सार्न दवाव दिन भोली शुक्रबार दिउसो १२ बजे शान्तिबाटीकाबाट र्याली निकाल्ने गरिएको माओवादी विदेश विभागका प्रमुख धमेन्द्र बास्तोलाले जानकारी दिनु भयो ।  गोरखा रेजिमेन्टमा करीब ४० हजार नेपाली कार्यरत रहेका छन् ।  चीन तथा पाकिस्तानसग सम्भावित खतरापूर्ण क्षेत्रमा नेपालीहरुलाई खटाईदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...