Loading...

श्रीलंकालीलाई समेत प्रयोग गरेर भिओआईपी चलाउने सिंह पक्राउ

काठमाडौँ, १८ कात्तिक ।     नेपाल टेलिकमको इउतष्अब िँष्दभच जडित भ्ज्ञ एच्क्ष् प्रविधिलाई दुरुपयोग गरी अन्तर्राष्ट्रिय गिरोहसँग मिलेमतो गरी अवैध कल बाईपास गर्ने संचालक काठमाडौँ महानगरपालिका–१ नक्साल बस्ने रविराज सिंहलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । उनले श्रीलंकन नागरिकसंग मिलेमतो गरी नेपालमा लाइन लाइन फोनबाट अवैध कलबाईपास गर्ने गरेको तथ्य खुलासा भएको छ ।
सिंहले नुवाकोटका कान्छा गुरुङको नाममा अनलाइन बिजनेस गर्ने प्रयोजनका लागि रजिष्ट्रारको कार्यालय, त्रिपुरेश्वरबाट गत साउनमा मात्र कम्पनी दर्ता गर्न लगाएका थिए । पानीपोखरी स्थित डेरा लिई उनले अवैध कलवाईपासको उपकरण जोडी एक पटकमा १२० वटा लाईनमा कलबाईपास गर्न सक्ने बनाएका थिए । बडा दशैंको बिदाको मौका पारी फुलपातीको अघिल्लो दिनदेखि कल वाईपास गरिरहेको खुल्न आएको छ । नेपाल टेलिकमले उल्लेखित सेवा व्यक्तिलाई नदिने भएकाले सो सेवा लिने प्रयोजनकै लागि कम्पनी स्थापना गरेको समेत खुलेको छ ।

सिंहलाई पक्राउ गरी निजको नक्साल स्थित घर खानतलासी गर्दा सो अवैध कल बाईपासका लागि राखेको  विभिन्न दस्तावेजहरु समेत बरामद भएको थियो । श्रीलंकन नागरिक नेपाल आई अवैध भिओआइपी जडान गरेर श्रीलंका फर्केपछि मात्र निजले कलबाइपास संचालनमा ल्याइएका थिए ।  पक्राउ प्रतिवादीलाई नेपाल दूरसंचार ऐन २०५३ बमोजिम आवश्यक कारवाही भैरहेको छ ।    सिंह यस भन्दा पहिले पनि विदेशीहरुसंग मिली नक्कली भारुको कारोबार गरेको अभियोगमा पक्राउ परी खोटाचलन मुद्दामा काठमाडौ जिल्ला अदालतबाट पुर्पक्षका लागि २ वर्ष जेल जीवन व्यतीत गरी सफाइ पाएका व्यक्ति हुन् ।

केन्द्रीय अनुसन्धान व्यूरोले अवैध भिओआइपी बिरुद्ध हालसम्म ९२ स्थानहरुमा भएको कारवाहीमा नेपाली १ सय ७ जना र विदेशी ३१ जनागरी १ सय ३८ जनालाई पक्राउ गरी कानुनी दयरामा ल्याइएको छ । पक्राउ अभियुक्तहरु बिरुद्ध ११,६७,५६,१८,८७४ को बिगो मागदाबी लिई अदालतमा मुद्दा दायर गरेको छ । कारवाहीमा हालसम्म विभिन्न दुर संचार कम्पनीहरुका २२ हजार थान सिम कार्डहरु र भिओआइपीमा प्रयोग हुने आधुनिक उपकरणहरु समेत बरामद गरी जफत गरिसकिएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...