Loading...

फ्राईडे रिलिजमा ‘द विनर’, प्रर्दशन अगाबै ‘द विनर २’को घोषणा

शुक्रबारबाट देशभर प्रर्दशन हुन् लागेको फिल्म ‘द विनर’को टिमले प्रर्दशन अगावै ‘द विनर २’को घोषणा गरेको छ । बिहिबार आयोजित एक कार्यक्रममा उक्त फिल्मको घोषणा गरिएको हो । फिल्मको प्री प्रोडक्सन काम करिब सकिएको र चाडै फ्लोरमा जाने निर्माण पक्ष्यले जनाएको छ ।
बलिउड तथा हलिउड फिल्मको स्तरीयता दिने प्रयास गरिएको फिल्म ‘द विनर’ कहिल्यै हार्न नजान्ने एक युवकको संघर्षमा आधारित छ । फिल्मको छायांकन अष्ट्रेलिया, दुबई र नेपालमा गरिएको छ । फिल्ममा महेशमान श्रेष्ठ, पूर्व मिस नेपाल मलिना जोशी, रोयल मास्के, मन्चिन शाक्य, राजकुमार पन्त, रेशु तामाङ , अमित गिरी लगायतको मुख्य भूमिका रहेको छ ।
हिक्मत बिष्टको निर्देशन रहेको फिल्मलाई डायमण्ड स्टार फिल्मसको ब्यानरमा बिकास खरेल, सुबोध ठकुरी, रितेश राणा, सृजना शाह, रोयल मास्केले संयुक्त रुपमा निर्माण गरेका हुन् ।
गत साता मात्रै फिल्मको प्रिमियर गरिएको थियो । राजधानीको कुमारी हलमा आयोजित भब्य रेड कार्पेट प्रिमियरमा फिल्मकर्मी, रंगकर्मी तथा सञ्चारकर्मीहरुको उपस्थिती थियो । प्रिमियरबाट प्राप्त प्रतिक्रियाका कारणले पनि आफ्नो टिम ‘द विनर २’को निर्माणमा हौसिएको निर्माता बिकाश खरेलले जानकारी दिए । ‘द विनर’ भोलिबाट देशभर प्रर्दशनमा आउदै छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...