Loading...

भारतले चीनसँग प्रतिस्पर्धा गर्ने अवस्था छैन : भट्टराई

काठमाडौ, १८ कार्तिक । 

पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईलेनेपालको आर्थिक समृद्दिमा चीन र भारत दुबै छिमेकीको भूमिका रहेको बताउनु भएकाे छ ।

इण्डिया फाउन्डेसन, नेपाल नीति अनुसन्धान प्रतिष्ठान र सेन्टर फर कन्टेम्पोररी स्टडिजले संयुक्त रुपमा काठमाडौंमा गरेको ‘नेपाल र भारत : नयाँ आयामको खोजी’ बिषयक गोष्ठीमा बोल्दै डा. भट्टराईले चीन र भारत दुबैले नेपाल मामिलामा प्रतिस्पर्धी नभएर सहयात्री भएकाे बताउनु भयाे ।

भट्टराईले चीनको नेपालमा मुख्य चासो तिब्बती मामिला रहेको भन्दै ‘एक चीन नीतिमा नेपालले समर्थन जनाइसकेकोले उसको नेपालमा अरु खासै चासोनभएकाे बताउनु भयाे ।

उहाले भारतले चीनसँग प्रतिस्पर्धा गर्ने अवस्था नरहेको पनि बताउनु भयाे ।भट्टराईले भारत र नेपालबीचको सम्बन्ध अन्य कुनै मुलुकसँग हुन नसक्ने भन्दै भारतका सुरक्षा लगायतका चासोलाई नेपालले सम्बोधन गर्नुपर्ने र भारतले नेपालको सार्वभौमसत्ताको सम्मान गर्नुपर्ने बताउनु भयाे ।

यसमा तपाइको प्रतिक्रिया

Loading...