आतंकवादको छायाँमा क्षेत्रीय सहयोग अघि बढ्न सक्दैन : मुखर्जी

काठमाडौं, कात्तिक १८ ।

भारतीय राष्ट्रपति प्रणव मुखर्जीले नेपाल–भारत सम्बन्ध राम्रो दिशातर्फ बढिरहेको चर्चा गर्दै ‘दुई देशबीचको आपसी सहयोग र समझदारीलाई प्रबद्र्धन गर्न अझै धेरै काम गर्न बाँकी रहेकाे बताउनु भएकाे छ ।

इन्डिया फाउन्डेसन, नीति अनुसन्धान प्रतिष्ठान र नेपाल सेन्टर फर कन्टेम्पोररी स्टडीले अाज  साँझ राजधानीमा गरेकाे कार्यक्रमा बाेल्दै   मुखर्जीले पछिल्लाे समय दुर्इ देशकाे सम्बन्ध राम्रो बन्न थालेको बताउनुभयो।उहाले आतंकवादको छायाँमा क्षेत्रीय सहयोग अघि बढ्न नसक्ने पिन बताउनु भयाे ।

मुखर्जीले राज्यले प्रोत्साहन गर्ने अन्तरसीमा आतंकवादलाई रोक्न अन्तर्राष्ट्रिय समुदाय एकजुट हुनुपर्नेमा जोड दिनुभयारे ।

कार्यक्रमा परराष्ट्रमन्त्री डा. प्रकाशशरणले सीमा क्षेत्रमा हुने आतंकवादविरुद्ध भारतको लडाइँमा नेपालको पनि साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।

बिहि, कार्तिक १८, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter