Loading...

काठमाडौं सहर हिन्दुहरूको आध्यात्मिक केन्द्र : मुखर्जी

काठमाणडाै, कार्तिक १८।

नेपाल भ्रमणमा रहनुभएका भारतीय राष्ट्रपति प्रणव मुखर्जीले नेपालको राजधानी काठमाणडाै हिमालयको काखमा रहेको काठमाडौं सहर हिन्दुहरूको आध्यात्मिक केन्द्र भएकाे बताउनु भएकाे छ ।

काठमाडौं महानगरपालिकाले मुखर्जीको सम्मानमा आयोजना गरेको नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै मुखर्जीले काठमाणडाै हिन्दुहरूको आध्यात्मिक केन्द्र भएकाे बताउनु भएकाे हाे ।

काशीको शिर पशुपतिनाथ यहीँ भएकाले हाम्रो पनि आस्थाको केन्द्र हो मुखर्जीले भन्नुभयाे, भारतको बनारस र काठमाडौं सहरबीच भगिनी सम्बन्ध कायम भएपछि दुई देशबीचको सांस्कृतिक आदानप्रदान भएको छ ।

भारतको उदीयमान अर्थतन्त्रबाट नेपालले पनि लाभ लिन सक्ने सुझाव दिदै उहाले  नेपाल–भारतबीच विकासको साझेदारी सन् १९५१ बाटै सुरु भएको र ‘बाटोघाटो, पुलपुलेसा, शिक्षा, सम्पदा लगायतमा भारतले सहयोग गरिरहेको बताउनु भयाे ।उहाले संविधान निर्माणमा सबै पक्षलाई समेटेको हेर्न चाहेको पनि बताउनु भयाे ।

काठमाडौं महानगरपालिकाका प्रमुख रुद्रसिंह तामाङले छिमेकी देशबीच मित्रता, सौहार्दता र शान्तिपूर्ण सहअस्तित्व कायम रहेको देख्ने चाहना राखेको बताउनु भयाे ।
समारोहमा तामाङले राष्ट्रपति मुखर्जीलाई काठमाडौं उपत्यकाको कला झल्कने तोरण भएको झ्याल, महानगरपालिकाको साँचो, काठमाडौं उपत्यकाको कथा जोडिएको मञ्जुश्रीको प्रतिमा उपहार प्रदान गर्नुभयाे। नागरिक अभिनन्दन कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल, परराष्ट्र मन्त्री प्रकाशशरण महत, संघीय मामला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डे, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीलगायत सहभागी थिए ।

यसमा तपाइको प्रतिक्रिया

Loading...