Loading...

गोरखा भर्ती केन्द्र बन्द गर्न विप्लव माओवादीको माग

काठमाण्डौं कार्तिक १८ ।

नेत्र विकम चन्द नेतृत्वको नेकपा माओवादीले भारतमा हुने गोरखाभर्ती केन्द्र बन्द गर्न माग गरेको छ । पार्टी विदेश विभाग प्रमुख धर्मेन्द्र बास्तोलाले आज  एक विज्ञप्ति जारी गरी भारत पाकिस्तान युद्धका क्रममा नेपाली युवा विमल तामाङको मृत्यु भए पछि यस्तो माग गर्नु भएको छ  । उहाले कार्गिल युद्धमा पनि थुप्रै नेपाली युवा मारिएको भन्दै भारतको रक्षाका लागि नेपाली युवाले ज्यान दिएकाले उनीहरुलाई सम्मान र समान सुविधान दिनु पर्नेमा पनि जोड दिनु भएको छ ।
सुनसरी धरानका बिमलको कार्तिक १५ गते मृत्यु भएको थियो । उनको शबलाई समेत नेपाल ल्याउन नदिई भारतीय सेनाले दाहासंस्कार गरेको थियो ।
गोरखाभर्ती केन्द्र बन्द गर्न र नेपालीलाई जोखिमपूर्ण क्षेत्रबाट अन्यत्र सार्न दवाव दिन भोली शुक्रबार दिउसो १२ बजे शान्तिबाटीकाबाट र्याली समेत निकाल्ने बास्तोलाले घोषणा गर्नु भएको छ ।
गोरखारेजिमेन्टमा करीब ४० हजार नेपाली कार्यरत रहेका छन् ।
चीन तथा पाकिस्तानसग सम्भावित खतरापूर्ण क्षेत्रमा नेपालीहरुलाई खटाईदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...