Loading...

लोकमानलाई लाग्यो सर्वोच्चमा अर्को मुद्धा

कार्तिक १८ काठमाण्डौं । निलम्वित अख्तियार प्रमुख लोकमान सिंह कार्की विरुद्ध नियुक्ति प्रकृयाको विषयमा परेको मुद्धा किनारा लाग्न नपाउदै र संसदले महाअभियोग प्रस्ताव टुंगो लगाउन नपाउदै सर्वोच्चमा अर्को मुद्धा दायर भएको छ ।

अधिबक्ता ओम प्रकाश अर्यालले म्याद तामेलीमा अवरोध गरेको अभियोगमा कार्की र उनका ज्वाई प्रवल थापा सहित ४ जनाको विरुद्धमा मुद्धा दायर गर्नु भएको हो ।

यस अघि कार्कीको नियुक्ति कानुन सम्मत नभएको भन्दै अर्यालले नै मुद्धा दायर गर्नु भएको थियो । पछिल्लो मुद्धामा कार्कीलाई १५ दिन कैद र एक हजार जरीवानाको फैसला हुन सक्ने प्रावधान रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...