Loading...

लामो समय पछि न्याय परिषदले पूर्णता पायो

काठमाडौं, कात्तिक १८।
संसदीय सुनुवाई विशेष समितिले सरकारका तर्फबाट सिफारिस गरेका अधिवक्ता पदमप्रसाद वैद्धिकको नाम सर्व सम्मतीले अनुमोदन गरेको छ ।

समितिको आज बसेको बैठकले न्यायपरिषद् सदस्यमा अधिवक्ता वैद्धिकको नाम सर्वसम्मतीले अनुमोदन गरेको एमाले प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिनुभयो । यस सँगै पाँच सदस्यीय न्याय परिषदले लामो समय पछि पूर्णता पाएको छ ।

सरकारले गत असोज २० गते उहाँलाई परिषद् सदस्यमा सिफारिस गरेको थियो । अधिवक्ता वैद्धिकविरुद्ध सुनुवाई समितिमा एउटा पनि उजुरी परेको थिएन ।

न्याय परिषद् अध्यक्ष प्रधानन्यायाधीश र सदस्यहरु कानुन मन्त्री, वरिष्ठतम न्यायाधीश, सरकार र नेपाल बारको प्रतिनिधि हुने संवैधानिक व्यवस्था छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...