Loading...

भारतीय राष्ट्रपति महाविद्यावारिधिको उपाधिद्वारा विभूषित

काठमाडौ १८ कार्तिक ।

भारतीय राष्ट्रपति मुखर्जी काठमाडौं विश्वविद्यालयद्वारा प्रदान गरिएको महाविद्यावारिधिको उपाधिद्वारा विभूषित हुनुभएको छ ।

नेपालको राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति मुखर्जीलाई काठमाडौं विश्वविद्यालयद्वारा आज आर्मीअफिसर्स क्लबमा आयोजित विशेष दीक्षान्त समारोहका बीच प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले महाविद्यावारिधिको उपाधिद्वारा विभूषित गर्नुभएको हो ।

काठमाडौं विश्वविद्यालयबाट मानार्थ महाविद्यावारिधि पाउने भारतीय राष्ट्रपति मुखर्जी तेस्रो व्यक्ति हुन् । यसअघि विश्वविद्यालयले संस्कृतिविद् सत्यमोहन जोशी तथा भारतीय बुद्धिजीवी करण सिंहलाई मानार्थ महाविद्यावारिधिको उपाधि प्रदान गरिसकेको छ ।

कार्यक्रममा शिक्षामन्त्री धनीराम पौडेल, सरकारका अरु मन्त्रीहरु, शिक्षा क्षेत्रसँग सम्बन्धित उच्चपदस्थ व्यक्तिहरुलगायतको सहभागिता रहेको थियो ।

 

यसमा तपाइको प्रतिक्रिया

Loading...