Loading...

काठमाडौं विश्वविद्यालयले आज मुखर्जीलाई विद्यावारिधी उपाधी प्रदान गर्दै

काठमाडौं, १८ कार्तिक । काठमाडौं विश्वविद्यालयले नेपाल भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई आज मानार्थ महाविद्यावारिधि उपाधी प्रदान गर्दैछ ।
काठमाडौंमा हुने तेस्रो विशेष दीक्षान्त समारोहमा मुखर्जीलाई सम्मान प्रदान गर्न लागिएको हो ।
दीक्षान्त समारोहमा विश्वविद्यालयको कुलपतिको हैसियतले प्रधानमन्त्री पुष्पकमल दाहालले मुखर्जीलाई सम्मानार्थ महाविद्यावारिधि प्रदान गर्नेे कार्यक्रम रहेको छ ।
काठमाडौं विश्वविश्वविद्यालयले मुखर्जीलाई प्रदान गर्न लागेको महाविद्यावारिधिको उपाधी तेस्रो हो । विश्व विद्यालयले यसअघि भारतीय विद्वान् करण सिंहलाई पहिलोपटक र संस्कृतीविद् सत्यमोहन जोशीलाई दोस्रोपटक विशेष दीक्षान्त समारोहमा सम्मानार्थ महाविद्यावारिधि प्रदान गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...