Loading...

मुखर्जीलाई महानगरपालिकाले नागरिक अभिनन्दन गर्दै

काठमाडौं, १८ कार्तिक । नेपाल भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई आज काठमाडौंमा नागरिक अभिनन्दन गरिदै छ । काठमाडौं महानगरपालिकाले राष्ट्रपति मुखर्जीलाई नागरिक अभिनन्दन गर्न लागेको हो ।
एक देशका राष्ट्रप्रमुख अर्को देशमा जाँदा त्यहाँका नागरिकले स्वागतस्वरुप अभिनन्दन गर्ने प्रचलन अनुरुप कार्यक्रम गर्न लागिएको महानगरपालिकाले जनाएको छ ।
महानगरपालिकाका अनुसार कार्यकारी प्रमुख रुद्रसिंह तामाङले अभिनन्दनपत्र तथा स्वागतस्वरुप महानगरपालिकाको साँचो समेत मुखर्जीलाई हस्तान्तरण गर्नेछन् । महानगरपालिकाले मुखर्जीका लागि विशेष मायाको चिनो समते दिने तयारी गरेको छ ।
राष्ट्रिय सभागृह हल प्रर्दशनीमार्गमा हुने अभिनन्दन कार्यक्रमका लागि महानगरपालिकाले सभागृहलाई विषेश सजावट समेत गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...