Loading...

मिथिला नगरीमा आजबाट छठ पर्व सुरु

काठमाडौ १८ कार्तिक ।  

तराईका जिल्लाहरुमा मनाइने छठ पर्व आजबाट सुरु भएको छ । विषेश गरी मिथिला क्षेत्रका समुदायले कात्तिक शुक्ल चौतुर्थी तिथीदेखि सप्तमीसम्म यो पर्व मनाउने गर्दछन् ।

सूर्यदेवको उपासना गरिने यस पर्वको पहिलो दिन आज व्रतालुले व्रत सङ्कल्प गरेर पवित्र स्नान गरी चोखोनितो खानेगर्दछन् । दोस्रो दिन भोली व्रतालुले दिनभरि निराहार व्रत बसेर राति सख्खरमा पकाइएको खिर मात्र खाएर ‘खरना’ विधि सम्पन्न गर्नेछन् ।

यसैगरी, पर्वको मुख्य दिन मानिने षष्टी तिथिका दिन बिहानै न्वाई–ध्वाई गरेर निराहार व्रत बसेका व्रतालुले बेलुका अस्ताउँदा सूर्यलाई दिनेछ ।

झिलीमिली पारेर सजाइएको पानीघाटमै रातभरि जाग्राम बसेर सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व सम्पन्न हुन्छ । उदाउँदो सूर्यलाई दिइने यो अर्घ्यलाई ‘भोरका अरख’ भनिने गरिएको छ ।

ढिकी–जाँतोमा परम्परागत तरिकाले कुटिएको गहुँ तथा चामलको पीठोबाट बनाइएका ठकुवा, भुसुवा र अन्य मिष्टान्न परिकार, नयाँ छ्याँची अर्थात् माटोको भाँडामा जमाइएको दही, उखुका लाँक्रा र मौसम अनुसारका फलफूलका साथ सूर्यलाई अर्घ्य दिने चलन छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...