Loading...

भारतीय राष्ट्रपति मुखर्जीले आज दलका शिर्ष नेताहरुसँग भेट गर्ने

काठमाडौ १८ कार्तिक । 

नेपाल भ्रमणमा रहनु भएका भारतीय राष्ट्रपति प्रणव मुखर्जीले आज विभिन्न दलका शिर्षस्थ नेताहरुसँग भेटवार्ता गर्दै हुनुहन्छ ।

राष्टपति मुअर्जीले आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका शिर्ष नेताहरुसँग भेटवार्ता गर्ने जनाएको छ ।

साँझ हुने सबै भेट साढे ७ बजेपछि उहाँ बस्नु भएको होटल हायातमा हुने परराष्ट्रमन्त्री प्रकाशशरण महतले जानकारी दिनुभयो ।

यसअघि उहाँले पूर्वराष्ट्रपति डा रामवरण यादवसँग भेटवार्ता गर्नुहुनेछ । उहाँहरुबीच दिउँसो एकबजेपछि भेट हुने बताइएको छ ।

नेपाल भ्रमणका क्रममा मुखर्जीले यादवसँग सबैभन्दा धेरै ४५ मिनेट भेट गर्नुहुनेछ । भेटमा दुई मुलुकबीचको सम्बन्ध सुधार एवम् आपसी हितका विषयमा छलफल हुने जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...