
कार्तिक १८ काठमाण्डौं । पछिल्लो समय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्टवादी अभिव्यक्तिका कारण पनि चर्चामा छन् । भारत विरुद्ध सत्तामा रहदा पनि र बाहिर हुदा पनि कडा रुपमा कटाक्ष गरेका ओलीले पछिल्लो समय बुधबार पनि सांकेतिक चुनौती दिएका छन् ।
सबै नेता मन्त्री बुद्धीजीवीलाई भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणको अवसर पारेर भारतीय दुतावासले दिवाभोजको आयोजना गरेको थियो ।
त्यसमा काग्रेस सभापति शेर बहादुर देउवा, पूर्व प्रधानमन्त्री खलिराज रेग्मी सहित नेता र मन्त्रीहरु पुगेका थिए । साथै मधेशवादी दलका नेताहरु पनि पुगेका थिए । तर ओलीले दुतावासमा भोज खाने कार्यक्रममा नगए पछि त्याहा पुगेका नेताहरु चर्चा गरीरहेका थिए हैन ओली जी कस्तो मान्छे हो ? डिप्लोमेसीमा यो त अलि सुहाएन ।
तर ओलीले आफू नेतृत्वको सरकार ढालेको , नाकाबन्दी र मधेश आन्दोलनसग नकारात्मक भूमिका खेलेको, आफ्नो भारत भ्रमणका क्रममा सयुक्त विज्ञप्ति जारी नभएको जस्ता विषयले पनि नगएको हुन सक्ने आकंलन गरिएको छ । पछिल्लो समय केपी ओली भारत विरोधी नेता जस्तो बन्दै गएका बेला यो चर्चा भएको हो ।
बिहि, कार्तिक १८, २०७३ मा प्रकाशित
यसमा तपाइको प्रतिक्रिया
अन्य समाचार समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonlineचर्चित समाचार
फिचर न्युज

काठमाडौं, वैशाख १२ । गोरखा भूकम्प गएको आज ३ वर्ष पूरा भएको छ । २०७२

– रामबहादुर थापा गलकोटमा अवस्थित पर्यटकीय लेक घुम्टेमा पर्यटकीय चहलपहल बढेको छ । प्रकृतिमा रमाउनेदेखि धर्ममा

काठमाण्डौ , ९ वैशाख । नेपाल र फ्रान्स बिचको कुटनीतिक सम्बन्ध स्थापना भएको ६९ वर्ष

बुंगल नगरपालिका–८, का हिरा कामी अहिले ४० वर्ष हुनुभयो । २०३४ सालमा जन्मनु भएका कामीले