Loading...

मुखर्जीको भ्रमणका कारण आज अवरुद्ध हुने रुटहरु हेर्नुस

कार्तिक १८ काठमाण्डौ । राष्ट्रपति मुखर्जीको भ्रमणको दोस्रो दिन कात्तिक १८ गते बिहान ९ देखि ११ बजेसम्म बौद्ध, मित्रपार्क, चाबहिल, गौशाला, एअरपोर्ट, तीनकुने, नयाँबानेश्वर, माइतीघर, सिंहदरबार, थापाथली र जोरपाटी क्षेत्रको सट्टा वैकल्पिकमार्ग प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।

बिहीबार नै बिहान १० देखि अपराह्न २ बजेसम्म बौद्ध, मित्रपार्क, चाबहिल, गौशाला, एअरपोर्ट, तीनकुने, नयाँबानेश्वर, माइतीघर, सिंहदरबार, भद्रकाली, थापाथली, कोटेश्वर, पुरानो बानेश्वर, शंखमूल, नागस्थान र नयाँसडक क्षेत्रमा वैकल्पिकमार्ग प्रयोग गर्नु उपयुक्त हुने प्रहरीले जनाएको छ ।

त्यस्तै, अपराह्न ४ देखि साँझ ६ बजेसम्म बौद्ध, मित्रपार्क, चाबहिल, गौशाला, एअरपोर्ट, तीनकुने, नयाँबानेश्वर, माइतीघर, सिंहदरबार, भद्रकाली, पुरानो बसपार्क, थापाथली, जोरपाटी, कोटेश्वर, पुतलीसडक, प्रदर्शनीमार्ग क्षेत्रमा वैकल्पिकमार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

सोही दिन साँझ ५ देखि बेलुकी ७ बजेसम्म सिंहदरबार, भद्रकाली, नयाँसडकढोका, जमल, केशरमहल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, सोह्रखुट्टे, जयनेपाल हल, कोटेश्वर, नागस्थान र ठमेल क्षेत्रमा अन्य वैकल्पिकमार्ग प्रयोग गर्नु उपयुक्त हुने बताइएको छ ।

साँझ ६ः३० देखि बेलुकी ८ः३० सम्म बौद्ध, मित्रपार्क, चाबहिल, गौशाला, एअरपोर्ट, तीनकुने, नयाँबानेश्वर, माइतीघर, सिंहदरबार, केशरमहल, लैनचौर, लाजिम्पाट, दरबारमार्ग, घन्टाघर, पुरानो बसपार्क, थापाथली, जोरपाटी, सोह्रखुट्टे, जयनेपाल हल, कोटेश्वर, पुरानो बानेश्वर र शंखमूल क्षेत्रमा वैकल्पिकमार्ग प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।

बिहीबार बेलुकी ८ देखि राति १० बजेसम्म बौद्ध, मित्रपार्क, चाबहिल, गौशाला, एअरपोर्ट, बत्तीसपुतली क्षेत्रमा चल्ने सवारी–साधनले अन्य वैकल्पिक मार्ग प्रयोग गर्नु उपयुक्त हुनेछ । भ्रमणको तेस्रो दिन कात्तिक १९ गते राष्ट्रपति मुखर्जी जनकपुर र पोखरा जाने कार्यक्रम रहेकाले काठमाडौं उपत्यकाको सवारी आवागमन धेरै समय अवरोध हुने छैन ।

सो दिन बिहान ९ देखि ११ बजेसम्म बौद्ध, चुच्चेपाटी, चाबहिल, मित्रपार्क, गौशाला, तिलगंगा, एअरपोर्ट, तीनकुने हुँदै सन्चालन हुने सवारी–साधन प्रभावित हुने भएको छ । उल्लिखित मार्ग भएर चल्ने सवारी–साधनलाई पनि अन्य वैकल्पिकमार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...