Loading...

ट्रम्प दुनियाकै लागि खतरा छन् : ओवामा

कार्तिक १८ एैजेन्सी । अमेरीकी राष्ट्रपति बराक ओबामाले रिपव्लिकन उम्मेद्धार डोनाल्ड ट्रम्प विस्वमै लागि खतरा भएको चेतावनी दिनु भएको छ  ।
नर्थ केरोलाईनामा डेमोक्रयाटीकको प्रचार अभियानमा उहाले अमेरीकालाई मात्रै नभएर दुनियालाई नै खतरामा पुर्याउन सक्ने भएकाले उनलाई राष्ट्रपति हुनबाट जसरी नि रोक्नु पर्ने जिकिर गर्नु भएको छ । उनले अल्पसंख्यकलाई सम्मान नगरेको भन्दै उनी एक कमाण्डर हुन समेत योग्य नभएको तर्क गर्नु ओबामाको थियो ।
उता ट्रम्पले भने हिलेरी क्लिन्टन राष्ट्रपति भएमा संवैधानिक संकट आउन सक्ने चेतावनी दिनु भएको छ । पहिलो पटक अमेरीकामा राष्ट्रपति विरुद्ध आपराधीक मुद्धा लाग्न सक्ने उहाले चेतावनी दिनु भयो । राष्ट्रपतिको चुनाव यही नोभमेम्बर ८ मा  हुदै छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...