Loading...

मुखर्जीको सवारीका कारण सडकमा हिड्न पनि रोक लगाईयो

काठमाण्डौ ,१७ कार्तिक ।
छिमेकी मुलुक भारतका राष्ट्रप्रमुखको नेपाल भ्रमणका क्रममा राजधानी उपत्यकाको सडक सुनसान बनेका छन् ।

राजधानीका मुख्य सडकमा सावरी आवागमनदेखि हिड्डुल गर्न समेत प्रतिबन्ध लगाएको छ ।

ट्राफिक प्रहरीले विभिन्न रुटमा सवारी साधन चलाउन र हिडडुल गर्नमा पनि प्रतिबन्ध लगाएको छ ।
एउरपोट देखि गौसाला तीनकुने लगायतका क्षेत्रमा सर्वसाधारणलाई सडकमा हिड्न समेत कडाई गरिएको छ ।
राष्ट्रपतिको सवारी चल्ने रुपमा सर्वसधारणलाई पैदल हिँडन समेत रोक लगाएको हो । जसका कारण सर्वसाधारणले सास्ती व्यहोर्नु परेको छ।

भारतका राष्ट्रप्रमुखको स्वागतमा झन्डा तथा तुलहरु चोक चोकमा राखिएको छ ।

यसैबीच भारतीय राष्ट्रपतिको सवारीका क्रममा सर्वसाधारणलाई सडकमा हिँड्न निषेध नगरिएको प्रहरीले जनाएको छ।

केही सञ्चारमाध्यममा सडकपेटीमा हिँड्न नदिने, पसलसमेत खोल्न नदिने भन्ने खालका समाचार आएको उल्लेख गर्दै नेपाल प्रहरीका प्रवक्ता डिआइजी हेमन्त मल्लले पैदल हिँड्न र पसल खोल्न निषेध नगरिएको बताए। ‘हामीले पनि त्यस्तो हल्ला सुन्यौं, त्यसमा सत्यता छैन, प्रहरीले कसैलाई हिँड्न रोक लगाएको छैन’, प्रवक्ता मल्लले भन्नुभयो ।

ट्राफिक प्रहरी प्रमुख डिआइजी प्रकाश अर्यालले पनि सर्वसाधारणलाई हिँड्न कुनै रोक नभएको बताए। ‘बरु प्रहरीले सडकको दायाँतिरबाट हिँडनुस् भनेको हो’, अर्यालले भने ‘हामीले सवारीलाई पनि रोक लगाएका छैनौं अर्को रूट प्रयोग गर्नुहोस् भनेका छौं।’

तस्विरः तिर्थ कोईरालाको ट्वीटरबाट

यसमा तपाइको प्रतिक्रिया

Loading...